तस्बिर: निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। शनिबार संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बारे गत बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले निर्णय लिएको थियो।
निर्वाचन आयोगले महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी दिइने बताइएको छ। अर्को उम्मेदवारी प्रमिला कुमारीले दिनेछिन्।
यादवको उम्मेदवारीको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।
नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।