तस्बिर: निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- नेकपा एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुने बताएकी छिन्। उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेकी उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै त्यसो भनेकी हुन्।
एमाले एक्लिँदै गएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले लोकतन्त्रमा विश्वास गर्नेहरूले एक्लै छु भन्ने अर्थ नलगाउने बताइन्। उनले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन्।
शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल छन्।
उनलाई उपराष्ट्रपतिको एम्मेदवार बनाउने भन्ने निर्णय नेकपा एमालेको शनिबार बिहानको सचिवालय बैठकले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।