काठमाडौं- कतारमा शुक्रबारदेखि लिजेन्डस् लिग क्रिकेट (एलएलसी) सुरु हुँदैछ।
लिगको उद्घाटन खेलमा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का आद्ध एसिया लायन्सले गौतम गम्भीर नेतृत्वको इन्डियन्स महाराजको सामना गर्दैछ।
खड्का आबद्ध टोलीको कप्तानी पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले गर्दैछन्। उक्त टोलीमा अब्दुल रज्जाक, असगर अफगान, धिमान घोष, उपुल थरंगा, थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलगायत रहेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर एसियन लायन्सका मुख्य प्रशिक्षक छन्।
यसैगरी, इन्डियन्स महाराजको कप्तानी गौतम गम्भीरले गर्दैछन्। टिममा युसुफ पठान, सुरेश रैना, रोविन उथप्पा, अशोक डिन्डा, हरभजव सिंहलगायतका खेलाडी छन्।
खेल कतारको दोहामा नेपाली समयअनुसार बेलुका ८ बजेर १५ मिनेटमा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।