• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन : कतै उत्साह, कतै विवाद

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २६, २०७९  २०:१५
1140x725

काठमाडौँ- १४ वर्षपछि चैत ५ गते त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुँदैछ। जसका लागि शुक्रबार मनोनयनपत्र वितरण भइसकेको छ। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मुलकभरका ६२ वटा आङ्गिक, सामुदायिक र निजी गरी १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरूमा मनोनयनपत्र वितरण गरिएको छ। 

त्रिभुवन विश्वविद्यालयको स्ववियु कार्यतालिका अनुसार शुक्रबार प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण गरिएको हो। शनिबार भने उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ।

नेविसंघ संस्थापन र इतर पक्षको विवाद मिल्यो 
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को लामो समयदेखिको आन्तरिक विवाद टुङ्गिएको छ। नेविसंघमा संस्थापन र इतर पक्षबीच विवाद समाधान नभएपछि कांग्रेसले सहमहामन्त्री किशोरसिंह राठोरलाई विवाद सुल्झाउनका लागि जिम्मेवारी सुम्पेको थियो।

सहमहामन्त्री राठोरले संस्थापन र इतर पक्षका विद्यार्थीहरूलाई राखेर विवाद समाधान गरेका छन्। इतर पक्षबाट केशव सिंह, रञ्जित कर्ण र संस्थापक पक्षबाट नेविसंघ अध्यक्ष डुजाङ शेर्पासहितले संवाद गरेका थिए। जसअनुसार आङ्गिक क्याम्पसहरूमा उम्मेदवार छनोटका लागि दुवै पक्षबाट प्रतिनिधिहरू खटाइएको छ।

वार्ताको सहमति बमोजिम तीन सदस्यीय टिकट वितरण समिति गठन गरिएको इतर पक्षका विद्यार्थी नेता धर्म शाहीले नेपाल लाइभलाई बताए। शाहीले भने, ‘दुई पक्षको सहमतिअनुसार स्ववियु निर्वाचनमा देशभर ४० प्रतिशत हिस्सा लिने, प्रत्येक आङ्गिक क्याम्पसहरूमा संस्थापन र इतर पक्षबाट एक-एक जना प्रतिनिधि जाने सहमति भएको छ।’

टिकट वितरण समितिमा संस्थापन पक्षबाट अध्यक्ष डुजाङ शेर्पा इतर पक्षबाट प्रेमिका राना मगर र एक जना पार्टी सहमहामन्त्री राठौरले तोकेको तटस्थ व्यक्ति रहने सहमति भएको शाहीले जानकारी दिए।

स्ववियुलाई लक्षित गर्दै अनेरास्ववियुद्वारा प्रतिबद्धता सार्वजनिक 
नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। 

Ncell 2
Ncell 2

निःशुल्क शिक्षा, स्वास्थ्य एवं पूर्ण रोजगार समृद्ध नेपाल निर्माणमा हाम्रो अठोट, प्राज्ञिक उन्नयन र युवा विद्यार्थीको सबल नेतृत्व निर्माणका लागि अनेरास्ववियुलाई भोट भन्ने मुल नारासहित प्रतिबद्धता सार्वजनिक गरेको हो। शुक्रबार काठमाडौंको  बागबजारस्थित होटेल हार्दिकमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै घोषणापत्र सार्वजनिक  गरेको अनेरास्ववियुले जनाएको छ।

चैत ३ गते हुने मध्यपश्चिम विश्वविद्यालय, चैत ५ त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र चैत ८ गते सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता सार्वजनिक गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए। 

रोकायाले ८ वटा विद्यार्थी सङ्गठनका विद्यार्थीहरूले अनेरास्ववियु विरुद्ध गठबन्धन गरेर घेराबन्दी गरेको बताउँदै अनेरास्ववियु एक्लै निर्वाचनमा होमिन तयार भएको बताए।

अनेरास्ववियुका उपाध्यक्ष एवं घोषणापत्र उपसमितिका संयोजक नारायण घर्तीले प्रतिबद्धता देखाउने र लेखाउने नामको मात्रै नभएको दाबी गरे। उनले भने, ‘अनेरास्ववियुले स्ववियु जितिसकेपछि दुई वर्षभित्र सात प्रतिबद्धता, सात वटा काम र तीन विशेष प्राथमिकताका क्षेत्रका साथै २३ वटामा कामको विभाजन गरेर राखेका छौँ।’ उनले अनेरास्ववियुको प्रतिवद्धतापत्र प्रत्येक विद्यार्थीहरूका बीचमा लिएर जान अनुरोध गरे।

घोषणापत्रमा अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा, सस्तो, सुलभ र गुणस्तरीय शिक्षा,अनुसन्धानका विद्यार्थीका लागि अत्याधुनिक ज्ञान, प्रविधिमैत्री आधुनिक पूर्वाधारमा जोड दिएको छ। त्यसैगरी वैज्ञानिक क्यालेन्डर, विद्यार्थी भर्ना र रिजल्ट समेत अनलाइनमार्फत गर्नुपर्ने उल्लेख गरिएको छ। ई-लाइब्रेरी, प्रविधिमैत्री कक्षा कोठा, विद्यार्थीलाई इन्टरनेट र डाटा सुविधा, रोजगारमुखी शिक्षा प्रणाली लगायतका विषयहरू समेटिएका छन्। यसका साथै तालाबन्दीमुक्त विश्वविद्यालय हुनुपर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ। मेडिकल शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने लगायतका विषयवस्तुहरूलाई प्राथमिकतामा राखिएको छ।

केही क्याम्पसमा विवाद
स्ववियु निर्वाचन नजिकिएसँगै नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस, आरआर लगायतका केही क्याम्पसहरूमा विवाद देखिएको छ।

नेपाल ल क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले तालाबन्दी गरेको छ। अनेरास्ववियुले फागुन २१ गते स्ववियु निर्वाचनको प्रयोजनका लागि नेपाल ल क्याम्पसमा प्रकाशित गरेको मतदाता नामावलीमा भर्ना भइसकेका विद्यार्थीहरूलाई नियोजित रूपमा नाम प्रकाशन नगरेको भन्दै तालाबन्दी गरेको छ। 

अनेरास्ववियूका अध्यक्ष विशालदत्त भट्टले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त नामावलीमा छुटेका मतदाताहरूको नामावली तत्काल प्रकाशन गर्न माग गर्दै नामावली प्रकाशन नहुँदासम्म तालाबन्दी यथावत् रहने जनाएको छ। अनेरास्ववियु, नेविसंघ लगायतका विद्यार्थी सङ्गठनले भने तालाबन्दीको विरोध जनाएका छन्।

त्यस्तै, त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनबारे विवाद उत्पन्न भएको छ। जसका कारण विद्यार्थीहरूको नामावली प्रकाशन हुन सकिरहेको छैन। त्रिचन्द्रमा स्ववियु निर्वाचन हुँदैन कि भन्नेमा विद्यार्थीहरू चिन्तित देखिएका छन्। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले स्ववियु निर्वाचन बिथोल्न खोजेको आरोप नेविसंघको छ भने अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले नेविसंघले फर्जी विद्यार्थी भर्ना गरेको तोडफोड गरेको आरोप लगाएको छ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता एनपी जोशीले अनेरास्ववियुको पराजित मानसिकताबाट विभिन्न बहानाबाजीमा क्याम्पस प्रमुख र निर्वाचन समितिलाई आफ्नो कार्यालय प्रवेश निषेधको ब्यानर क्याम्पसको गेटमा झुन्ड्याउने वार्तामा बस्न नचाहने, बैठक बिथोल्ने, क्याम्पस प्रमुख र निर्वाचन समितिलाई धम्की दिएको आरोप लगाएका छन्। उनले २५ गते मतदाता नामावली प्रकाशन गर्न खोज्दा नेविसंघ र निर्वाचन समितिका संयोजक राजेन्द्र गौतममाथि हमला गरेको आरोप नेता जोशीले लगाए।

त्यसैगरि अनेरास्ववियु क्रान्तिकारीका नेता अशोक भण्डारीले नेविसंघ र अनेरास्ववीयुबीच बैठकमै हात हाला–हाल भएको, टेबल-कुर्सी भाँचेको र क्याम्पसका प्राध्यापकमाथि हातपात भएको आरोप लगाए।

त्यसैगरी रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा समेत मतदाताको अन्तिम नामावली प्रकाशनको कार्य स्थगित गरिएको छ। आरआर क्याम्पसले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन समितिबाट प्रकाशित मतदाता नामावली उपर दाबी विरोधका आधारमा छानबिन छुट भएका नाम सच्याई टाँस गर्नुपर्नेमा तालाबन्दीका कारण दाबी विरोधका निवेदनहरुमाथि छानविन गर्ने कार्य स्थगित गरेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेद्वारा देशभर आन्दोलनको घोषणा
पूर्व प्रधानमन्त्री ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
सम्बन्धित सामग्री
एमालेद्वारा देशभर आन्दोलनको घोषणा एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ। शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । शनिबार, चैत १४, २०८२
बालुवाटार छिरे बालेन प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदबहाली गरी प्रधानमन्त्री शाह साइत पारेर बालुवाटार प्रवेश गरेका हुन् । शुक्रबार, चैत १३, २०८२
ताजा समाचारसबै
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ शनिबार, चैत १४, २०८२
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्