अबुदाबी (एजेन्सी)– पाकिस्तानका स्टार बलर मोहम्मद आमिर हड्डीको चोटका कारण एकदिवसीय टिमबाट बाहिरिएका छन्। पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले चोटका कारण आमिर २ देखि ३ सातासम्म मैदान बाहिर रहने जानकारी दिएको छ।
श्रीलंका विरुद्धको एकदिवसीय शृंखला पूर्व आमिरको चोटले पाकिस्तानलाई ठूलो धक्का लागेको छ। खेल्दैछ। देब्रेहाते तीब्र बलर आमिरले श्रीलंकाविरुद्ध दोस्रो टेस्टमा घुँडादेखि पाइतालाको बीचको हड्डी दुखेको गुनासो गरेका थिए।
श्रीलंका र पाकिस्तानबीच पहिलो एकदिवसीय दुबई अन्तर्राष्ट्रिय मैदानमा १३ अक्टुबरदेखि सुरु हुँदैछ। पाँच एकदिवसीयको शृंखलाअन्तर्गत अक्टुबर १६, १८, २० र २३ मा अन्य खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।