काठमाडौं– ललितपुर महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेल घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो। शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत् उनले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस मागेका थिए।
सेवा ग्राहीको उजुरीपछि अख्तियारको टंकालबाट खटिएको टोलीले उनलाई घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।