काठमाडौं- आइसीसी लिग-२ को अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले फिल्डङमा लय समातेको छ।
सुरुवाती ११ ओभरमा पीएनजीले नेपालमाथि दबाब सिर्जना गरेपछि १२ ओभरदेखि नेपालले कमब्याक गरेको छ। २ सय ९८ को लक्ष्यसहित मैदानमा उत्रिएको पीएनजीको लय किलपिन डोरिगालाई रनआउट गरेर भत्काउन सुरु गरिएको थियो।
कुशल मल्लको बलमा दिपेन्द्र ऐरीको फिल्डिङबाट विकेटकिपर आरिफ शेखले डोरिगालाई रनआउट गरेका थिए। त्यसपछि १४ औं ओभरको तेस्रो ओभरमा नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सेसे बाउलाई सोमपाल कामीबाट क्याचआउट गराए।
पीएनजीका लागि उत्कृष्ट ब्याटिङ गरिरहेका टोनी उरालाई सन्दीप लामिछानेले आरिफ शेखबाट क्याचआउट गरेसँग लय भत्किएको छ। उरा ४४ बलमा ५० रनसहित खेलिरहेका थिए।
१९ ओभर सकिँदा १ सय ४ रन बनाएको पीएनजीले तीन विकेट गुमाएको छ। पहिले ब्याटिङ गरेको नेपालले २९७ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाउँदै उत्कृष्ट पारी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।