• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिमा रामचन्द्र : निष्ठाको राजनीतिको सुखद् अवतरण

64x64
डिबी खड्का बिहीबार, फागुन २५, २०७९  १७:१७
1140x725

काठमाडौं-  रामचन्द्र पौडेलले राज्यको नेतृत्व (प्रधानमन्त्री) लिन खोज्दा १७ पटक पराजयको खराब इतिहास बन्न पुग्यो। पार्टीको नेतृत्व लिन खोज्दा उम्मेदवार त के महाधिवेशनमै उपस्थित हुन नसक्ने तहको वैराग्यमा पुर्‍यायो।

राष्ट्रपतिको निर्वाचन प्राप्त मतले पौडेलको उक्त परिस्थितिले बनाएको खराब इतिहासलाई छायाँमा पार्नेछ। उनले प्रतिष्पर्धी नेकपा एमालेका सुवास नेम्वाङलाई फराकिलो मतभारले पछि पारेर शितल निवासको ढोका खोलेका छन्। देशले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निष्ठावान राष्ट्रपति पाएको छ भने उच्‍च पदमा पुग्ने आकांक्षा देखाएका तर अवसर नपाएका पौडेलको सुखद् अवतरण भएको छ।

मंसिर ४ को आमनिर्वाचनभन्दा अगाडिदेखि उनले राष्ट्रपति बन्ने तयारी अगाडि बढाए। गठबन्धन बनाएर चुनाव लडेपछि त्यसैले निरन्तरता पाउँदा राष्ट्रपति आफ्नो भागमा आइपुग्ने कुरामा पौडेल विश्वस्त थिए। त्यसैमाथि गठबन्धनको अर्को महत्त्वपूर्ण पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनलाई उत्साहित बनाइरहेका थिए।

चुनावअघि कात्तिक २८ गते पौडेलको गृहजिल्ला तनहुँमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन पाँच दलीय गठबन्धन बनाउन पौडेलले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। आगामी निर्वाचनपछि देशको ‘कार्यकारी प्रमुख’ बन्ने सम्भावना बढेको भन्दै हौस्याए। प्रचण्डले भनेका थिए, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो।’

प्रचण्डले कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए पनि पौडेलले त्यो सम्भावना देखेका थिएनन्। कांग्रेसको १४औं महाधिवेशनबाट संस्थापनइतर पक्षको साथ गुमाइसकेका थिए भने संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा पछि हटेर उनलाई संसदीय दलको नेता बनाउने सम्भावना थिएन।

पौडेललाई आशा राष्ट्रपतिमै थियो। त्यसैले पुस १० गते दिउँसो १ बजेअघि बालुवाटारमा देउवा र प्रचण्डबीच को पहिले प्रधानमन्त्री बन्ने विषयमा भइरहेको विवादमा पौडेल मिलाउन सक्रिय भए। प्रचण्डलाई प्रधानमन्त्री नदिने देउवाको अड्डीले अल्पकालका गठबन्धन टुट्यो। त्योबेला सबैभन्दा धेरै हतास हुने नेता पौडेल नै थिए। उनले त्यसपछि सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा निराशा प्रकट गरेका थिए।

पुस १० गते प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोगका लागि बालकोट पुगेका प्रचण्ड फर्किन लामो समय लागेन। सभामुखको निर्वाचनसम्म बालकोटमै रहेका उनले राष्ट्रपतिको निर्वाचनअघि ‘राष्ट्रिय सहमति’ भन्दै एमालेसँग असहमति प्रकट गरे। अन्तत: ८ दलीय गठबन्धन बनाएर पौडेलको पक्षमा बहुमत जुटाउने परिस्थिति सिर्जना गरे।

अवसरका हिसाबले पौडेल कांग्रेसका ‘पीडित’ पात्र होइनन्। तर,  कुनै एक सर्वोच्च पदमा पुगेर राजनीतिबाट बाहिरिने उनको चाहनामा भने पटक-पटक ठेस लागिरह्यो। आफूलाई 'अभागी’ ठानिरहेका पौडेलले कुनै समय निराशाको चरम रुप समेत प्रकट गरेका छन्। २०७५ वैशाख ४ गते पोखरामा आयोजित एक कार्यक्रममा भावुक हुँदै पौडेलले भनेका थिए,  ‘पार्टीभित्र झांगिएको बेथिति देख्दा कहिलेकाहीँ मलाई आत्महत्या गरूँझैँ लाग्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि २०७२ को पार्टी महाधिवेशन समापन समारोहमा सम्बोधन गर्दै उनले राजनीति गर्नेहरूलाई हुने गरेको गालीका कारण आफूलाई आत्महत्या गरौँ जस्तै लाग्ने बताएका थिए।

प्रधानमन्त्री बन्ने चाहना एकै निर्वाचनमा १७ पटकको पराजयले चुर बनायो भने पार्टी सभापति बन्ने उत्कट चाहना १४औं महाधिवेशनबाट पूर्णविराम लाग्यो। इतरसमूहको नेता भएर देउवासँग प्रतिस्पर्धा गर्ने चाहना पूरा नभएपछि पौडेल बीचमा बसेर देउवालाई गुन लगाए। गत संसदीय दलको नेताको निर्वाचनमा पौडेलले त्यसलाई निरन्तरता दिए। 

त्यही गुन देउवाले यसपल्ट तिरेका छन् र कार्यकारी नभए पनि सर्वोच्च पदमा आसिन हुने अवसर पौडेललाई प्राप्त भएको छ।

संसदीय मोर्चामा पौडेल
पौडेलले संसदीय यात्रा २०४८ सालमा तनहुँ- १ बाट निर्वाचित भएर सुरु गरेका हुन्। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री बने। २०४९ सालमा स्थानीय विकास तथा कृषिमन्त्री बन्ने अवसर पाए।

कांग्रेसले पाएको बहुमतलाई पाँच वर्ष टिकाउन सकेन। २०५१ सालमा मध्यावधि निर्वाचन भयो। एमालेले अल्पमतको सरकार बनायो। मनमोहन अधिकारी नेतृत्वको उक्त सरकारका पालामा तनहुँ–२ बाट निर्वाचित भएर आएका पौडेलले सभामुख बन्ने अवसर पाए। उनले पाँचै वर्ष सभामुखका रुपमा काम गरे।

२०५६ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उनी सांसद् चुनिए। २०५७ सालमा उपप्रधानमन्त्रीसहित सञ्चार  र गृह मन्त्री बन्ने अवसर पाए।

गिरिजाप्रसाद कोइरालासँग निकट पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा शान्ति सचिवालय संयोजक हुने अवसर पाए। शान्ति तथा पुनर्निमाण मन्त्री पनि उनलाई नै बनाइयो। त्यसपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तनहुँ- २ बाटै चौथोपटकका लागि जनप्रतिनिधि चुनिए। कांग्रेस संसदीय दलको नेता बन्ने अवसर समेत उनलाई जुर्‍यो। दोस्रो संविधान सभा २०७० मा तनहुँ–२ बाटै संविधानसभा सदस्य बने।

पार्टीमा योगदान
२००१ साल असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका हुन् उनी।  २०१७ सालदेखि पौडेल सक्रिय राजनीतिमा प्रवेश गरे। बीपी कोइरालालाई राजा महेन्द्रले जेल हालेपछि कांग्रेस पार्टीले गरेका आन्दोलनमा उनी सक्रिय भए।

प्रतिस्पर्धाको राजनीति २०२३ सालबाट सुरु भयो। त्यो वर्ष सरस्वती क्याम्पसका विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए। २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बने। २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना भयो। पौडेल संस्थापक केन्द्रीय सदस्य हुन्।

२०४० सालमा पौडेल कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक बने। पार्टी केन्द्रीय सदस्य बन्ने अवसर भने २०४४ सालमा पाए। यही क्रममा उनी पञ्चायती राजतन्त्रका विरुद्ध आन्दोलन गरेका कारण विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्।

लगातार केन्द्रीय सदस्य बनेका पौडेल २०६२ सालमा कांग्रेस महामन्त्री भए। पौडेल २०६२ सालमा कांग्रेस महामन्त्री भएका थिए भने २०६४ सालमा कांग्रेसको उपसभापति भए। २०७२ साल माघमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भयो। कार्यवाहक सभापति भएका पौडेलले फागुनमा भएको १३‍औं महाधिवेशबाट सभापति बन्न उम्मेदवार बने। तर, शेरबहादुर देउवासँग पराजित हुन पुगे। १४औं महाधिवेशनमा उम्मेदवार नै नबनी उनी अलग्गिए।

संसद् विघटन, पौडेललाई सक्रिय बन्ने अवसर
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ र २०७८ मा दुईपटक संसद् विघटन गर्ने प्रयास गरे। एमाले र माओवादी केन्द्र एक भएर बनेको उक्त पार्टीको आन्तरिक विवादले उक्त अवस्थासम्म ल्याइपुर्‍यायो।

ओलीको विघटनसँगै नेकपाभित्रको प्रचण्ड-नेपाल समूह अलग्गियो। पछि अदालतले नै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनीहरू फरक बाटोमा लागे। एमाले अध्यक्ष ओलीविरुद्ध पाँचदलीय गठबन्धन बन्यो।

पार्टी राजनीतिमा अपेक्षा पूरा हुन नसकेपछि किनार लागेका पौडेल गठबन्धन निर्माणमा सक्रिय भए। ओलीको कदमको कटु आलोचकका रुपमा अघि सरे। यसरी बनेको पाँच दलीय गठबन्‍धनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायो।

नजिकिँदै गरेको चुनाव र गठबन्धनको शक्ति बाँडफाँटका लागि एउटा समिति बनाइयो। २०७८ कात्तिक २२ गते पौडेललाई समिति संयोजक बनाउने निर्णय गरियो। गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाउने निर्णय गरिएको थियो।

उक्त समिति स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म गठबन्धनका लागि सहयोगी संरचना बन्यो। कांग्रेसभित्र १४ औं महाधिवेशनपछि सभापति देउवालाई पौडेलले खुलेर सघाए। पौडेलको यही भूमिकाका कारण कांग्रेसमै रहेका राष्ट्रपतिका अन्य आकांक्षीको लबिङ कमजोर बन्यो। १४औं महाधिवेशनमा देउवाले दिएको भनिएको ‘वचन’ पूरा गर्ने अवसर पाए।

बिहीबार राष्ट्रपतिको निर्वाचनका क्रममा पौडेलले आफ्नो राष्ट्रपतीय कार्यकाल स्मरणीय हुने बताएका छन्। उनको भनाइ छ- ‘धुलोमैलोबाट उठेर आएको किसानको छोरा हो। त्यसले एउटा पदमा पुग्दैमा मलाई फरक पार्दैन भन्ने लाग्छ। मेरो कर्तव्य हो संविधानको रक्षा गर्ने।’

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्