काठमाडौं– टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको लक्ष्य दिएको छ।
नेपालका लागि ओपनर आसिफ शेखले ११० रन बनाए। ११० बल खेलेका उनले शतकीय पारी खेले। उनलाई अर्का ओपनर कुशल भुर्तेलले साथ दिएका थिए। भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए।
नेपालका लागि भीम सार्कीले ४४ रनको योगदान गरे। त्यस्तै, कप्तान रोहित पैडेलले ३० रनको योगदान गरे। नेपालले पीएनजीलाई कठिन लक्ष्य दिएको हो।
पीएनजीका लागि सिमो कामियाले पाँच विकेट लिए। त्यस्तै, राईली हेरुकेले तीन विकेट लिए भने अलि नियोले १ विकेट लिए।
पीएनजीलाई पराजित गर्दै नेपाल विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन चाहन्छ। नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित निकाल्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।