काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गर्ने ओपनर आसिफ शेख दोस्रो खेलाडी बनेका छन्। उनले बिहीबार घरेलु मैदान त्रिवि खेल मैदानमा उक्त आँकडा पार गरेका हुन्।
विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा ९० रन बनाएसँगै उनको व्यक्तिगत स्कोर १ हजार रन पूरा भएको हो ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि ४० खेल खेलेर एक हजार रन पूरा गरेका छन्। आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन्। आसिफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११० बल खेलेर ११० रन बनााए। उनले २ छक्का र १२ चौका प्रहार गरे।
आसिफ र कुशल भुर्तेलले पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडीको यो दोस्रो ठूलो साझेदारी हो। यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए।
आसिफले अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए। नेपालले ४१ ओभरमा २२६ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।