काठमाडौं– नेपालका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन्। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध उनले १०८ बल खेल्दै अविजित ११० रन बनाएका हुन्।
उनले १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरेका गरे। आसिफको शतकसँगै नेपालले ३७ ओभरमा २ सय ६ रन बनाएको छ।
नेपालका अर्को ओपनर कुशल भुर्तेल ४४ रनमा अउट भए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्ल २ रनमा क्याच आउट भएका थिए। आसिफलाई कप्तान रोहित पैडेलले साथ दिइरहेका छन्। नेपाल हालसम्म मबजुत स्थितिमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।