रत्ननगर- दुवै मिगौला बिग्रिएर विदेशबाट घर फर्किएका चितवन खैरहनीका हरेराम महतोलाई श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ।
वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका महतो दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए। काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको उनले डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा गराइरहेका छन्।
आर्थिक अभावमा रहेका महतोका लागि देश-विदेशबाट १० लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ। चितवनको सिर्जनशील थारु समाजले सुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब रु १० लाख सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए।
उनको उपचारका लागि पोर्चुगलबाट रु २ लाख, दक्षिण कोरियाबाट ८० हजार, अष्ट्रेलियाबाट ७५ हजार, अमेरिकाबाट १ लाख ३५ हजार, क्यानडाबाट ४० हजार तथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट रकम सहयोग भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।