काठमाडौं– घरेलु मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट सुरुआत गरेको छ। टस जितेको पपुवा न्युगिनि(पीएनजी)ले बलिङ गर्ने निर्णय गरेको थियो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालका लागि ओपनर आशिफ शेखले अर्धसतकिय पारी खेलेका छन्। उनले ५५ बलमा ६० रन बनाएका छन्। उनलाई अर्का ओपनर कुशल मल्लले ४४ रन बनाएर साथ दिइरहेका छन्। नेपालले १८ ओभरमा १०८ रन बनाएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र पीएनजी प्रतिस्पर्धा गरिरहेका हुन्।
नेपालको प्लेङग ११मा ओपनर कुशल भुर्तेल समावेश भएकाले नेपाल जितको आत्मविश्वासको साथ मैदान उत्रेको थियो। यसअघि यूएई शृङखलामा चोटका कारण केही खेल कुशलले गुमााएका थिए। यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश जिसीलाई भने बेन्चमा राखिएको छ।
यसअघि भएका दुई शृङ्खलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।