काठमाडौं- घरेलु मैदान कीर्तीपुरमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ। टस जितेको पपुवा न्यु गिनि(पीएनजी)ले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालका लागि ओपनिङ ब्याटरका रुपमा कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ गरिरहेका छन्। तीन ओभरको समाप्तिमा १० रन बनाएर खेलिरहेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र पीएनजी प्रतिस्पर्धामा उत्रिएका हुन्।
नेपालले यो शृंखलाका चारवटै खेल जितेमा टप थ्रीमा पुग्दै विश्वकप छनोट खेल्नेछ। दुईटा खेल जितेमा ओडीआइ मान्यता कायम रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।