काठमाडौं- आईसीसी विश्वकप क्रिकेट ओडीआई लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका आज बिहीबारदेखि सुरू हुँदैछ। घरेलु मैदान कीर्तिपुरमा यूएई, पपुवा न्युगिनी र नेपालबीच हुने शृंखलाका चारवटै खेल जित्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिन लागेको हो।
३२ खेल खेलेर ३२ अंक जोडेको नेपाललाई सबै खेल जित्दा ४० अंकसहित टप थ्रीमा पुग्ने अवसर छ। अहिले ३६ वटै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित टप थ्रीमा छ। टप थ्री टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्।
ओडीआई जोगाउन भने दुई खेल जिते पुग्छ। यसअघि भएका ८ खेलमा ७ मा जित निकालेको नेपाल उच्च मनोबलसहित मैदानमा हुनेछ। घरेलु मैदानले नेपाललाई थप लाभ मिल्नेछ।
चोटका कारण यूएईमा एक खेल गुमाएका ओपनर कुशल भुर्तेल टिमम फर्किसकेका छन्। क्यानले यसअघि नै शृंखला खेल्ने टिम घोषणा गरिसकेको छ।
नेपाली टिम :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिक- सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।