काठमाडाैं– नारी दिवसको अवसरमा फिल्म ‘जुबेली’को पहिलो लुक सार्वजनिक गरिएको छ।
फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ। फिल्मलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन्। उनले यसअघि मन्चरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।
एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय छ। चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।