काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टिम घोषणा गरेको छ।
फागुन २५ गतेदेखि घरेलु मैदान कीर्तिपुरमा यूएई, पपुवा न्युगिनी र नेपालबीच हुने खेलका लागि टिम घोषणा गरिएको हो।
चोटका कारण यूएईमा एक खेल गुमाएका ओपनर कुशल भुर्तेल फर्किएका छन्। नेपालले चार खेलको सिरिजमा सबै खेले जितेमा टप तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्नेछ। चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिक: सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।