• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

हलिउड इन्टिमेट निर्देशक जेसिका, जो ‘सेक्स सिन’को कोरियोग्राफी गर्छिन् 

64x64
नेपाल लाइभ मंगलबार, फागुन २३, २०७९  १९:३०
1140x725

काठमाडौं– हलिउड फिल्ममा होस् वा कुनै पनि अंग्रेजी वेब सिरिज, कामुक दृश्य फिल्ममा नयाँ कुरा होइनन्। ओटीटीको लोकप्रियतासँगै वेब सिरिज जति धेरै निर्माण भइरहेका छन्, त्यति नै छिटो शोहरूमा यस्ता दृश्यको संख्या पनि बढेका छन्।

तर, यी दृश्यहरू शूट गर्न भने सजिलो छैन। स्क्रिनमा कपडा उतार्दा के देखिने, कति देखिने र कसरी देखाउने भन्ने निर्णय गर्न आवश्यक हुन्छ। यही काम हलिउड इन्टिमेसी निर्देशक जेसिका स्टाइनरोकले गर्छिन्।

जेसिका फिल्म र ओटीटीका साथै अमेरिकी थिएटरहरूमा पनि काम गर्छिन्। कहिलेकाहीँ कथा र दृश्य अनुसार नग्नता वा हाइपर एक्सपोजर आवश्यक हुन्छ। जसरी डान्स सिक्वेन्सका लागि कोरियोग्राफर चाहिन्छ र एक्सन सीनका लागि स्टन्ट डाइरेक्टर। त्यसरी नै इन्टिमेट सिनका लागि इन्टिमेट निर्देशकको आवश्यक पर्छ।

मी-टू मुभमेन्टका कारण इन्टिमेसी निर्देशक 
पछिल्लो ५ वर्षमा मनोरञ्जन उद्योगमा इन्टिमेसी निर्देशकको माग बढेको छ। कारण हो ‘मि टू मुभमेन्ट’मा भएका दुर्व्यवहारका खुलासा। यस अभियानमा, हलिउडमा नग्नताका लागि कलाकारहरूलाई दुर्व्यवहार र दबाब दिने धेरै घटना खुलासा भएका थिए। त्यसकारण अब हरेक प्रोडक्सन हाउसले अन्तरंग सिनका लागि इन्टिमेसी निर्देशक राख्न थालेको छ। जेसिका प्रोडक्सन हाउसहरू यो पेशालाई लिएर उत्साहित भएको पाउँछिन्।

उनी यस्ता समस्याप्रति संवेदनशील र बाँकी उद्योगभन्दा एक कदम अगाडि छिन्। जेसिकाले अहिलेसम्म ‘येलोज्याकेट्स’, नेटफ्लिक्सको सिरिज ‘नेभर ह्याभ आई एभर’ र हुलु मिनी-सिरीज ‘लिटिल फायर्स एभरिवेयर’ लगायत धेरै फिल्मको प्रोडक्सनमा इन्टिमेट निर्देशकको रुपमा काम गरिसकेकी छन्। उनी एलिसिया रोडिसले इन्टिमेशी निर्देशनलाई पेसाका रुपमा स्थापित गरेको बताउँछिन्।

सन् २०१८ को एचबीओको शो ‘द ड्युस’मा उनको कामको निकै चर्चा भएको थियो। त्यतिबेला जेसिकाले इलिनोइस विश्वविद्यालयबाट थिएटरमा स्नातकोत्तर गरिरहेकी थिइन्। उनले इम्प्रोभाइजेशनल कमेडीको क्षेत्रबाट कामको सुरुवात गरिन्। यो क्षेत्रबाट नै उनले चाहिँ सहमतिको मुद्दामा ध्यान खिचेकी थिइन्। 

इन्टिमेसीबारे बहस आवश्यक
इम्प्रोभाइजेशनल कमेडी एक ‘थिएटर पर्फर्मेन्स’ हो। जसमा कुनै योजना हुँदैन। कलाकारहरूले स्टेजमा एकअर्काको प्रतिक्रियाबाट नयाँ संवाद वा अनुक्रम सिर्जना गर्छन्।

यी प्रस्तुतिमा धेरैपटक अचानक साथी कलाकारले जेसिकालाई समात्छन् र चुम्बन गर्छन्। उनको बारेमा यो विषयलाई लिएर धेरै पटक मजाक बनाइए। त्यो उनलाई मन परेन। त्यतिबेला यस्तो परिस्थितिलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे उनी सोच्थिन्।

Ncell 2
Ncell 2
nimb
nimb

इम्प्रोभाइजेशनल कमेडीको क्षेत्रमा भए पनि यसबारे बोल्न गाह्रो थियो। जेसिकाको मास्टर्स र पीएचडीकी सल्लाहकार भ्यालेरी रोबिन्सन भन्छन्, ‘यो यस्तो फिल्ड हो, जहाँ को–एक्टरको लागि बनाइएको दृश्यमा अगाडि बढ्नुपर्छ। यी सबै कुरा संस्कृतिमा आधारित रहन्छ। यो कला प्रदर्शन सिर्जना गर्ने धेरै गाह्रो तरिका हो।’

जेसिकाका प्रेमी (अहिले उनको पति हुन्) फाइट डाइरेक्टर हुन्। उनकै माध्यमबाट जेसिकाले एलिसिया रोडिसलाई भेटेकी थिइन्। एलिसियाले पहिलो भेटदेखि नै जेसिकामा एक ‘इन्टिमेट निर्देशक’को गुण देखेकी थिइन्। उनले जेसिकालाई काम गर्न सिकाइन् र पहिलो प्रोजेक्ट पनि दिलाइन्।

टीएनटीको शो ‘क्लज’को एक यौन दृश्य, जसमा ४० जना थिए। ‘जेसिकालाई सुरुमा सबैभन्दा गाह्रो असाइनमेन्ट दिइएको थियो,’  एलिसिया सम्झन्छिन्, ‘उनले यो शानदार ढंगले गरिन्।’

जेसिकाको टिकटकमा खातामा ७ लाख फलोअर्स 
जेसिका अब यस क्षेत्रकी नेतृत्वकर्ता हुन्। अहिले उनी धेरै समय यो कामको लागि मानिसहरूलाई तालिम दिनमा खर्चिन्छिन्। अप्रिल २०२२ मा, जेसिकाले आफ्नै टिकटक खाता खोलिन्। अहिले टिकटकमा उनका ७ लाखभन्दा बढी फलोअर्स छन्।

टिकटक भिडियोहरूमा जेसिकाले फिल्म र सिरिजहरूमा इन्टिमेट सिनहरूको समीक्षा गर्छिन्। साथै यी दृश्य कसरी खिचिएको भन्नेबारे पनि बताउँछिन्।

उनी प्रश्नको जवाफ पनि दिन्छिन्। यस्ता प्रश्न पनि छन्, ‘दुई कलाकारबीच अफ स्क्रिन अफेयर भए पनि क्यामेराको अगाडि सबै कुरा गर्न मिल्दैन?’ जेसिका भिडियोमार्फत् यो कामबारे उति स्पष्ट बुझाउँछिन्, जति मानिसको चासो छ। मानिसहरू फिल्मका दृश्यबारे मात्र होइन, सम्बन्धमा इन्टिमेट र सहमतिबारे पनि कुरा गर्छन्।

जेसिकाका अनुसार इन्टिमेसी निर्देशकको काम दृश्यको कोरियोग्राफी र कलाकारको कम्फर्ट लेभलबीच सन्तुलन मिलाउनु हो, जुन निकै गाह्रो छ। यसमा उनको शैक्षिक पृष्ठभूमि, नारीवादी सोच र जनकौशल जस्ता अनुभवले सहयोग गर्छन्।

‘दृश्यमा प्यासन कम छ, कसरी बढाउने?’
‘एलोज्याकेट’ श्रृंखलाको पायलट एपिसोडहरूमा जेसिकासँग काम गर्ने निर्देशक र कार्यकारी निर्माता करिन कुसामा भन्छिन्, ‘जेसिका निकै धैर्यवान छिन्। उनी ध्यान दिएर सुन्छिन् र कलाकारलाई सहज भएको वा नभएको कुरा बताउन दिन्छिन्।’

‘एलोज्याकेट’मा धेरै इन्टिमेट सिन छन्। करिनका अनुसार त्यतिबेला सेटमा जेसिकाको उपस्थिति आवश्यक थियो। करिनका अनुसार निर्देशकको हैसियतले यस्तो दृश्यमा कलाकार कति असहज हुन्छ भन्ने कुरा जेसिका बुझ्छिन्। उनी यो असुविधा हटाउन प्रयास गर्छिन्, तर कलाकार सधैं खुलेर वा निर्देशकसँग इमान्दारीपूर्वक कुरा गर्दैनन्। 

धेरैपटक, यही कारण कलाकारहरू नचाहँदा पनि दृश्यको लागि तयार हुन्छन्। तर पछि यो कुराले पछुताउनुपर्छ। इन्टिमेसी निर्देशक एक तटस्थ पक्ष हो। कलाकारहरूले आफूले गर्न नचाहेको कुरा उनको अगाडि इमान्दारीपूर्वक बताउन सक्छन्।

जेसिका भन्छिन्, ‘समाजमा हामी सेक्सको बारेमा कुरा गर्न हिचकिचाउँछौं। मेरो काम सेटमा भएको यो दुविधा हटाउनु हो। यस्तो भएपछि कलाकारहरू हरेक साना-ठूला विषयमा कुरा गर्न तयार हुन्छन्।’

करिन एक इन्टिमेसी निर्देशकले यौन दृश्यहरू सुरक्षित मात्र होइन, कलात्मक पनि बनाउने बताउँछिन्। ‘यसले तपाईंलाई आफ्नो कथाको लागि थप जिम्मेवार बनाउन मद्दत गर्छ। तपाईं आफ्नो कलाकारहरूलाई बुझाउन सक्नुहुन्छ कि हामी सेक्स सिनवाला फिल्म गर्नेछौं। तर यसमार्फत् हामी यसलाई देखाउन चाहन्छौं कि सेक्स सिनको अर्थ हुनुपर्छ,’ उनी भन्छिन्।

‘दृश्यको क्रममा, म इन्टिमेसी निर्देशकलाई भन्न सक्छु कि हामीले जति जोश देखाउन चाहन्छौं त्यो दृश्यमा आउँदैन। सासको आवाज वा बस्ने र सुत्ने स्थितिमा परिवर्तन गरेर दृश्यलाई कसरी थप कलात्मक र जोशले भरिपूर्ण बनाउन सकिन्छ भन्ने इन्टिमेसी निर्देशकले बताउन सक्छन्,’ उनी थप्छिन्।

२०१९ देखि एचबीओ शो सेटमा इन्टिमेसी निर्देशक
५ वर्षमा इन्टिमेसी निर्देशकहरू हलिउडको महत्वपूर्ण हिस्सा बनेका छन्। २०१९ देखि प्रत्येक एचबीओ शोमा एक इन्टिमेसी निर्देशक छन्। करिन भन्छिन्, ‘अहिले कुनै प्रोजेक्ट साइन गर्नुअघि इन्टिमेसी निर्देशक छन् कि छैनन् भन्ने कुरा जान्न चाहिन्छन्।’

यो पेशाको बढ्दो माग छ। एक इन्टिमेसी निर्देशकको योग्यता के हुनुपर्छ भनेर निर्णय गर्न पनि अब आवश्यक छ। २०२०मा  जेसिका, एलिसिया रोडिस, र मेरी पर्सी मिलेर इन्टिमेसी निर्देशक र समन्वयक संघ गठन गरे। जेसिका यस संस्थाकी प्रमुख कार्यकारी हुन्। संस्थाले इन्टिमेट निर्देशक बन्न चाहनेहरूलाई प्रशिक्षण र प्रमाणीकरण प्रदान गर्दछ। जेसिका पनि स्क्रिन एक्टर्स गिल्डको कार्य समूहको हिस्सा थिइन्, जसले नयाँ इन्टिमेट सुरक्षा मापदण्डहरू बनायो। यी सन् २०२० मा प्रकाशित भएका थिए।

जेसिका फिल्म र मनोरन्जन उद्योग कलाकारहरू मात्र नभई यसका प्रत्येक सदस्यको शोषणका कारण बदनाम भएको बताउँछिन्। त्यसैले इन्टिमेसी निर्देशकहरूको बढ्दो लोकप्रियताले उद्योग परिवर्तनको लागि तयार भएको सन्देश दिने बताउँछिन्।

भिजुअल मिडिया प्रायः पहिलो चीज हो, जसको माध्यमबाट एक सामान्य व्यक्ति आत्मीयताको साथ आमने सामने आउँछ।  ‘जब हामी मानिसहरूलाई यस घनिष्टता पछाडिको शिल्प देखाउँछौं, उनीहरूलाई इन्टिमेसीको लागि सहमति आवश्यक छ भनेर बताउँछौं। तब उनीहरूको सेक्सबारे सोच पनि परिवर्तन हुन्छ,’ जेसिका भन्छिन्।
When Clothes Fly Off, This Intimacy Coordinator Steps In
(न्युयोर्क टाइम्सबाट भावानुवाद)

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिण अस्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ले पहिले बलिङ गर्ने, कुशल घाइते
त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिस बोलेको आवाज सुनियो
मुख्य सडकखण्डमा यातायात सञ्चालनमा, हेटौँडा–काठमाडौंमा केहीबेर जाम हुन सक्ने
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
दक्षिण अस्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ले पहिले बलिङ गर्ने, कुशल घाइते शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिस बोलेको आवाज सुनियो शुक्रबार, भदौ १९, २०८३
मुख्य सडकखण्डमा यातायात सञ्चालनमा, हेटौँडा–काठमाडौंमा केहीबेर जाम हुन सक्ने शुक्रबार, भदौ १९, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि दोब्बरभन्दा बढी रकम आवश्यक शुक्रबार, भदौ १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्