काठमाडौं– हिमाली तथा पहाडी क्षेत्रमा सोमबार मनाइएको होली देशको तराई–मधेस क्षेत्रमा आज (मंगलबार) मनाइँदैछ।
पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई–मधेसमा भने प्रतिपदाका दिन मनाउने परम्परा छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ।
शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।