• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कस्तो रङले गर्छ छालालाई बढी असर?
रिता लम्साल सोमबार, फागुन २२, २०७९  १४:५१
1140x725

काठमाडौं– रङसँग रमाउने पर्व होली आज र भोलि मनाइँदैछ। तपाईं पनि होली खेल्ने तयारीमा जुटिसक्नुभयो होला। थरीथरीका रङहरुको संकलन गरी होली खेल्ने सोच बनाइरहँदा होलीको रङले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नुभएको छ?

होलीमा रङ दल्नुअघि छालाको सुरक्षामा ध्यान नदिँदा पछि छालामा समस्या निम्तिएर चिकित्सकसँग पुग्नुपर्ने अवस्था समेत आउनसक्छ।

अघिल्ला वर्षहरुमा होली खेल्दा अनुहारको छाला, आँखा तथा नाक, कानमा रङको असर तथा भित्रि अंगसम्म असर पुगेर मानिसहरु अस्पतालसम्मै पुग्ने गरेको छाला रोग विशेषज्ञ डा धर्मेद्र कर्ण बताउँछन्। 

‘अघिल्ला वर्षहरुमा धेरैजस्तो आँखाको वरिपरि अनुहारमा एलर्जीको समस्या भएर उपचारका लागि  आएका थिए,’ डा कर्णले भने, ‘अनुहारमै रंगको प्रयोग धेरै हुने भएकाले अनुहारमै बढी समस्या भएको पाएका छौं।’

डा कर्ण होलीमा रंग लगाउँदा छाला र आँखाको स्वास्थ्यमा विशेष सावधानी अपनाउन सुझाव दिन्छन्।

होलीमा कस्तो रंगहरुको प्रयोग गर्ने? कस्तो रंगले छालालाई असर पुर्‍याउन सक्छ? छालाको स्वास्थ्य र सौन्दर्यलाई ध्यान दिँदै होली खेल्नुअघि र खेलिसकेपछि के गर्ने? डा कर्णसँग कुराकानी गरेका छौं।

डा कर्णको भनाइ उनकै शब्दमाः
अहिलेको समय चिसो सकिएर विस्तारै गर्मी मौसम सुरु भएको छ। यस्तो समयमा मौसम परिवर्तनका कारण हाम्रो शरीरको छालामा पनि परिवर्तन भई छाला सुख्खा भइरहेको हुन्छ। यो समयमा सम्पूर्ण शरीर, अनुहार तथा कपालका रौं पनि सुख्खा  भएको हुन्छ। सुख्खा छाला तथा कपाल हुँदा एलर्जीको सम्भावना बढ्छ।

होली खेल्दा आजभोलि विभिन्न किसिमका रंगहरुको प्रयोग गरिन्छ। पहिला पहिला प्राकृतिक रंगहरुको प्रयोग गरिन्थ्यो। पहिला पहिला, बेसार, फुलहरु धुपहरुबाट बनाएका प्राकृतिक रंगहरुको प्रयोग गरिन्थ्यो। तर अहिले विभिन्न किसिमको केमिकलको प्रयोग गर्न थालियो। केमिकलयुक्त रंगहरुमा धातुहरुको धेरै प्रयोग हुन्छ।

Ncell 2
Ncell 2

जस्तो रातो रंगमा मर्करी हुन्छ, कालोमा लिड अक्साइड हुन्छ, हरियोमा मालाटाइस ग्रिन हुन्छ, सिल्भर रंगमा आल्मोनियमको धातु प्रयोग गरिएको हुन्छ।

विभिन्न किसिमका केमिकल प्रयोग गरिएको रंगले एलर्जी गराउँछ।

केमिकल प्रयोग भएको रंगले छालामा मात्र होइन, आँखाको एलर्जी हुने, नाकभित्र  एलर्जी भएर रंग नाकबाट भित्रि भागमा पुगेर फोक्सोमा संक्रमण हुने, दम बढ्ने समस्या समेत निम्तिन सक्छ।

त्यसैले होली आउने वित्तिकै पहिला होलीका लागि कस्तो रंग खरिद तथा प्रयोग गर्ने भन्नेबारे नै सचेत हुनुपर्छ।

आफ्ना बालबच्चालाई होली खेल्न दिइने रंगबारे सचेत हुनुपर्छ।

सम्भव भएसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ। होलीमा रंगसँग खेल्दा सकेसम्म पानीमा भिजेको भन्दापनि सुख्खा रंग प्रयोग गरेको राम्रो।

सुख्खा रंग पनि दुई किसिमको हुन्छ। एउटा पाउडर, अर्को अबिर।

पाउडरको रुपमा रहेको रंग हातमा लिँदा खस्रो हुँदैन। अबिर भने दुईवटा औलाले छाम्दा बालुवा जस्तो हुन्छ। यो बालुवाजस्तो रंगको प्रयोगले एलर्जी बढाउँछ।

छालामा यस्तो रंग लगाउदा छाला पास्छ र ब्याक्टेरिया तथा फंगसको संक्रमण हुनसक्छ । अबिर किन्दा हेरेर खस्रो नभएको रंग किन्नुपर्छ।

बजारमा पाइने रंगहरु सबैमा केमिकल हुनसक्छ। होली त सबैले खेल्छन्। होली खेल्दा कस्तो रंगको प्रयोग गर्ने भन्दा रातो र पहेंलो सुरक्षित मानिन्छ। तर कालो, निलो, हरियो रंगले बढी एलर्जी गराउन सक्छ।

पानीमा घोलेर प्रयोग गरिने रंगहरु सकेसम्म प्रयोग नगर्दा राम्रो हुन्छ। सुख्खा रंग जहाँ लगाएको हो त्यहीँ बस्छ। तर पानीमा मिसाएर लगाएको रंग शरीरभर लाग्नसक्छ। शरीरको कुनै भागमा घाउ छ भने त्यसमा झनै असर गर्न सक्छ।

छालामा पहिलादेखी नै घाउ, दाद वा एलर्जी, डन्डीफोहोर छ भने त्यहा रंग बस्छ र पहिलादेखि रहेको समस्या झन् बल्झन सक्छ। त्यसैले रंग ल्याउदा नै पाउडर रंगको प्रयोग गर्ने।

होली खेल्नुभन्दा अघिल्लो दिन नै शरीर तथा अनुहारमा नरिवलको तेल लगाउनु पर्छ।

होली खेल्ने दिन बिहान पनि शरीरमा तेल लगाउने, अनुहारमा मोस्चराइजर वा तेल लगाउने, आँखामा चस्मा लगाउने गर्नुपर्छ। 

होली खेल्ने अघिल्लो दिन वा खेल्नुअघि तेल लगाउदा सुख्खा छालालाई नरम बनाउँछ र शरीरमा सुख्खापनले परेको चिरालाई पुर्छ।

होली खेल्दा फुल बाहुला भएको कपडा लगाउनुपर्छ।  

कहिलेकाँही सावधानी अपनाएर होली खेल्दा पनि शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्नसक्छ। प्रत्यक्ष रुपमा देखिने असर भनेको एलर्जी हुनु हो। शरीर सुख्खा वा ड्यामेज छ भने रंग छालाको भित्रि भागसम्म पुग्नसक्छ र एलर्जी हुनसक्छ। एलर्जी हुँदा सुरुमा चिलाउने वा पोल्ने हुनसक्छ र विस्तारै पाक्ने, घाउखटिरा आउनसक्छ। 

होली खेलेपछि साबुनले मुख धुने बानी धेरैको हुनसक्छ। रंग नजाँदा कतिपयले रगडेर मुख धुने कोसिस गर्छन्। यस्तो गर्दा शरीरमा झनै एलर्जी बढ्छ।

सकेसम्म होलीमा रंग खेलिसकेपछि पानीले मात्र पखाल्नुपर्छ। पाउडर रंग खेल्दा पानीले पखाल्दा सजिलै जानसक्छ। तर पहिला नै पानी मिसाएर लगाएको रंग भने नजान सक्छ।

पानीले पखाल्दा रंग नगएमा नरम खालको साबुन वा क्लिन्जरले मुख धुन सकिन्छ।

आँखामा रंग पर्दा आँखा रातो हुनसक्छ। त्यसैले आँखामा रंग परेमा तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्छ। कहिलेकाँही नाकभित्र रंग पस्दा भित्रसम्म रंग परेर एलर्जी भइ रुघाखोकी समेत लाग्नसक्छ। नाकभित्रबाट छातीसम्म रंग पुगेमा फोक्सोमा संक्रमण हुने दम बढ्ने समस्या समेत हुनसक्छ। त्यसैले होली खेल्दा सावधानी अपनाउनुपर्छ।

अर्को अप्रत्यक्ष असर भनेको जसलाई पहिलादेखि नै छालामा समस्याहरु छन्। उनीहरुको समस्या झनै बढ्नसक्छ। जस्तै डन्डीफोरको समस्या छ भने समस्या झनै बढ्न सक्छ। घामको एलर्जी वा चायापोतोको समस्या छ भने झन् समस्या बढ्छ। कत्ले रोगको समस्या छ भने पनि समस्या झनै बढ्न सक्छ।

कपाल झर्ने समस्या छ भने रंगले झनै समस्या बढ्न सक्छ। त्यसैले यी समस्या छ भने समयमै नियमित उपचार गर्नुपर्छ र यस्ता समस्या भएकाहरले होली खेल्दा नै ध्यान दिनुपर्छ।

होली खेल्नुअघि नै शरीरमा तेल लगाउने, अनुहारमा मोस्चराइजर लगाउने, सन्सक्रिम लगाउने र होली खेल्ने गर्नुपर्छ।
होली खेलेको रंग २ घण्टा भन्दा बढी राखिराख्नु हुँदैन। पानीले पखाल्नुपर्छ।

होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध सोमबार, वैशाख २९, २०८२
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव सोमबार, वैशाख २९, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी सोमबार, वैशाख २९, २०८२
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा सोमबार, वैशाख २९, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्