• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कस्तो रङले गर्छ छालालाई बढी असर?

रिता लम्साल सोमबार, फागुन २२, २०७९  १४:५१
1140x725

काठमाडौं– रङसँग रमाउने पर्व होली आज र भोलि मनाइँदैछ। तपाईं पनि होली खेल्ने तयारीमा जुटिसक्नुभयो होला। थरीथरीका रङहरुको संकलन गरी होली खेल्ने सोच बनाइरहँदा होलीको रङले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नुभएको छ?

होलीमा रङ दल्नुअघि छालाको सुरक्षामा ध्यान नदिँदा पछि छालामा समस्या निम्तिएर चिकित्सकसँग पुग्नुपर्ने अवस्था समेत आउनसक्छ।

अघिल्ला वर्षहरुमा होली खेल्दा अनुहारको छाला, आँखा तथा नाक, कानमा रङको असर तथा भित्रि अंगसम्म असर पुगेर मानिसहरु अस्पतालसम्मै पुग्ने गरेको छाला रोग विशेषज्ञ डा धर्मेद्र कर्ण बताउँछन्। 

‘अघिल्ला वर्षहरुमा धेरैजस्तो आँखाको वरिपरि अनुहारमा एलर्जीको समस्या भएर उपचारका लागि  आएका थिए,’ डा कर्णले भने, ‘अनुहारमै रंगको प्रयोग धेरै हुने भएकाले अनुहारमै बढी समस्या भएको पाएका छौं।’

डा कर्ण होलीमा रंग लगाउँदा छाला र आँखाको स्वास्थ्यमा विशेष सावधानी अपनाउन सुझाव दिन्छन्।

होलीमा कस्तो रंगहरुको प्रयोग गर्ने? कस्तो रंगले छालालाई असर पुर्‍याउन सक्छ? छालाको स्वास्थ्य र सौन्दर्यलाई ध्यान दिँदै होली खेल्नुअघि र खेलिसकेपछि के गर्ने? डा कर्णसँग कुराकानी गरेका छौं।

डा कर्णको भनाइ उनकै शब्दमाः
अहिलेको समय चिसो सकिएर विस्तारै गर्मी मौसम सुरु भएको छ। यस्तो समयमा मौसम परिवर्तनका कारण हाम्रो शरीरको छालामा पनि परिवर्तन भई छाला सुख्खा भइरहेको हुन्छ। यो समयमा सम्पूर्ण शरीर, अनुहार तथा कपालका रौं पनि सुख्खा  भएको हुन्छ। सुख्खा छाला तथा कपाल हुँदा एलर्जीको सम्भावना बढ्छ।

होली खेल्दा आजभोलि विभिन्न किसिमका रंगहरुको प्रयोग गरिन्छ। पहिला पहिला प्राकृतिक रंगहरुको प्रयोग गरिन्थ्यो। पहिला पहिला, बेसार, फुलहरु धुपहरुबाट बनाएका प्राकृतिक रंगहरुको प्रयोग गरिन्थ्यो। तर अहिले विभिन्न किसिमको केमिकलको प्रयोग गर्न थालियो। केमिकलयुक्त रंगहरुमा धातुहरुको धेरै प्रयोग हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जस्तो रातो रंगमा मर्करी हुन्छ, कालोमा लिड अक्साइड हुन्छ, हरियोमा मालाटाइस ग्रिन हुन्छ, सिल्भर रंगमा आल्मोनियमको धातु प्रयोग गरिएको हुन्छ।

विभिन्न किसिमका केमिकल प्रयोग गरिएको रंगले एलर्जी गराउँछ।

केमिकल प्रयोग भएको रंगले छालामा मात्र होइन, आँखाको एलर्जी हुने, नाकभित्र  एलर्जी भएर रंग नाकबाट भित्रि भागमा पुगेर फोक्सोमा संक्रमण हुने, दम बढ्ने समस्या समेत निम्तिन सक्छ।

त्यसैले होली आउने वित्तिकै पहिला होलीका लागि कस्तो रंग खरिद तथा प्रयोग गर्ने भन्नेबारे नै सचेत हुनुपर्छ।

आफ्ना बालबच्चालाई होली खेल्न दिइने रंगबारे सचेत हुनुपर्छ।

सम्भव भएसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ। होलीमा रंगसँग खेल्दा सकेसम्म पानीमा भिजेको भन्दापनि सुख्खा रंग प्रयोग गरेको राम्रो।

सुख्खा रंग पनि दुई किसिमको हुन्छ। एउटा पाउडर, अर्को अबिर।

पाउडरको रुपमा रहेको रंग हातमा लिँदा खस्रो हुँदैन। अबिर भने दुईवटा औलाले छाम्दा बालुवा जस्तो हुन्छ। यो बालुवाजस्तो रंगको प्रयोगले एलर्जी बढाउँछ।

छालामा यस्तो रंग लगाउदा छाला पास्छ र ब्याक्टेरिया तथा फंगसको संक्रमण हुनसक्छ । अबिर किन्दा हेरेर खस्रो नभएको रंग किन्नुपर्छ।

बजारमा पाइने रंगहरु सबैमा केमिकल हुनसक्छ। होली त सबैले खेल्छन्। होली खेल्दा कस्तो रंगको प्रयोग गर्ने भन्दा रातो र पहेंलो सुरक्षित मानिन्छ। तर कालो, निलो, हरियो रंगले बढी एलर्जी गराउन सक्छ।

पानीमा घोलेर प्रयोग गरिने रंगहरु सकेसम्म प्रयोग नगर्दा राम्रो हुन्छ। सुख्खा रंग जहाँ लगाएको हो त्यहीँ बस्छ। तर पानीमा मिसाएर लगाएको रंग शरीरभर लाग्नसक्छ। शरीरको कुनै भागमा घाउ छ भने त्यसमा झनै असर गर्न सक्छ।

छालामा पहिलादेखी नै घाउ, दाद वा एलर्जी, डन्डीफोहोर छ भने त्यहा रंग बस्छ र पहिलादेखि रहेको समस्या झन् बल्झन सक्छ। त्यसैले रंग ल्याउदा नै पाउडर रंगको प्रयोग गर्ने।

होली खेल्नुभन्दा अघिल्लो दिन नै शरीर तथा अनुहारमा नरिवलको तेल लगाउनु पर्छ।

होली खेल्ने दिन बिहान पनि शरीरमा तेल लगाउने, अनुहारमा मोस्चराइजर वा तेल लगाउने, आँखामा चस्मा लगाउने गर्नुपर्छ। 

होली खेल्ने अघिल्लो दिन वा खेल्नुअघि तेल लगाउदा सुख्खा छालालाई नरम बनाउँछ र शरीरमा सुख्खापनले परेको चिरालाई पुर्छ।

होली खेल्दा फुल बाहुला भएको कपडा लगाउनुपर्छ।  

कहिलेकाँही सावधानी अपनाएर होली खेल्दा पनि शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्नसक्छ। प्रत्यक्ष रुपमा देखिने असर भनेको एलर्जी हुनु हो। शरीर सुख्खा वा ड्यामेज छ भने रंग छालाको भित्रि भागसम्म पुग्नसक्छ र एलर्जी हुनसक्छ। एलर्जी हुँदा सुरुमा चिलाउने वा पोल्ने हुनसक्छ र विस्तारै पाक्ने, घाउखटिरा आउनसक्छ। 

होली खेलेपछि साबुनले मुख धुने बानी धेरैको हुनसक्छ। रंग नजाँदा कतिपयले रगडेर मुख धुने कोसिस गर्छन्। यस्तो गर्दा शरीरमा झनै एलर्जी बढ्छ।

सकेसम्म होलीमा रंग खेलिसकेपछि पानीले मात्र पखाल्नुपर्छ। पाउडर रंग खेल्दा पानीले पखाल्दा सजिलै जानसक्छ। तर पहिला नै पानी मिसाएर लगाएको रंग भने नजान सक्छ।

पानीले पखाल्दा रंग नगएमा नरम खालको साबुन वा क्लिन्जरले मुख धुन सकिन्छ।

आँखामा रंग पर्दा आँखा रातो हुनसक्छ। त्यसैले आँखामा रंग परेमा तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्छ। कहिलेकाँही नाकभित्र रंग पस्दा भित्रसम्म रंग परेर एलर्जी भइ रुघाखोकी समेत लाग्नसक्छ। नाकभित्रबाट छातीसम्म रंग पुगेमा फोक्सोमा संक्रमण हुने दम बढ्ने समस्या समेत हुनसक्छ। त्यसैले होली खेल्दा सावधानी अपनाउनुपर्छ।

अर्को अप्रत्यक्ष असर भनेको जसलाई पहिलादेखि नै छालामा समस्याहरु छन्। उनीहरुको समस्या झनै बढ्नसक्छ। जस्तै डन्डीफोरको समस्या छ भने समस्या झनै बढ्न सक्छ। घामको एलर्जी वा चायापोतोको समस्या छ भने झन् समस्या बढ्छ। कत्ले रोगको समस्या छ भने पनि समस्या झनै बढ्न सक्छ।

कपाल झर्ने समस्या छ भने रंगले झनै समस्या बढ्न सक्छ। त्यसैले यी समस्या छ भने समयमै नियमित उपचार गर्नुपर्छ र यस्ता समस्या भएकाहरले होली खेल्दा नै ध्यान दिनुपर्छ।

होली खेल्नुअघि नै शरीरमा तेल लगाउने, अनुहारमा मोस्चराइजर लगाउने, सन्सक्रिम लगाउने र होली खेल्ने गर्नुपर्छ।
होली खेलेको रंग २ घण्टा भन्दा बढी राखिराख्नु हुँदैन। पानीले पखाल्नुपर्छ।

होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित शुक्रबार, भदौ १९, २०८३
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै शुक्रबार, भदौ १९, २०८३
चार प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरीको चेतावनी शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्