काठमाडौं– आगामी चैत २ देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’(निफ)को सोमबारबाट टिकट बुकिङ खुला भएको छ। खल्ती एपमार्फत् टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ।
यसपटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चार वटा सिनेमा हल मार्फत् प्रदर्शन गरिनेछ। क्यूएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङमल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुनेछन्।
महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’प्रदर्शन हुनेछ।
कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने अध्यक्ष केपी पाठकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।