काठमाडौं- आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय ओडीआई शृंखलामा यूएईबिरुद्ध नेपालले खराब सुरुआत गरेको छ।
५० रन नजोड्दै नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको छ।
ओपनर आसिफ शेख १४ बलमा जम्मा ६ रन बनाएर क्याचआउट भए। त्यसैगरी ज्ञानेन्द्र मल्लको खराब ब्याटिङ जारी रहने क्रम दोहिरिँदा उनी २६ बलमा जम्मा ११ रन बनाएर बाहिरिए।
टप थ्री पुगेर विश्वकप छनोट खेल्न निर्णायक मानिएको यो खेलमा कप्तान रोहित पौडेल पनि सम्हालिन सकेनन्। उनी ५ बल खेलेर एक रन मात्रै जोड्दै पेभेलियन फर्किएका छन्।
नेपालले टस जितेर ब्याटिङ रोजेको छ। पपुवा न्युगिनी र यूएई सम्मिलित यो शृंखलामा नेपालले दुई खेल जितेको छ भने एउटा हारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।