काठमाडौँ– नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउने उद्देश्यसहित तयार भएको 'गण्डकी प्रदेश'को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ।
चलचित्र छायांकनको लागि खुला स्टुडियोको रुपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो।
करिब १०मिनेटको वृत्तचित्रमा गण्डकीका केही प्रमूख छायांकन सम्भावित स्थल समेटिएको छ। यो वृत्तचित्र सुयोग गुरुङ्ले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।