• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता हुनुको अर्थ के हो?

64x64
नेपाल लाइभ आइतबार, फागुन २१, २०७९  १४:३७
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएको विषय यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। 

शुक्रबार सर्वोच्च अदालतका दुई न्यायाधीशको इजलासले दिएको आदेशपछि माओवादी केन्द्रले विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाउँदै 'अस्वीकार' गर्ने जनाएको छ। माओवादीले प्रचण्डविरुद्धको रिट दर्ताको आदेश न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत रहेको पनि जनाएको छ। 

माओवादी केन्द्रका महासचिव देव गुरुङ हस्ताक्षरित विज्ञप्तिमा रिट दर्ता गर्ने सर्वोच्चको आदेशलाई १० वर्षे माओवादी जनयुद्ध र २०६२–०६३ मा भएको जनआन्दोलन, संविधान सभाको निर्वाचन, संविधान सभाबाट निर्मित धर्मनिरपेक्षता, समोवेशी समानुपातिक र लोकतान्त्रिक आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधानविरुद्धका गतिविधिको रुपमा अर्थ्याइएको छ।

महासचिव गुरुङले आफूहरु विरुद्ध षडयन्त्र भएको रुपमा लिँदै यसको आलोचना गरेका छन्। तर, कानुनका जानकारहरुले भने यो न्यायिक प्रक्रिया मात्र भएको टिप्पणी गरेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले क्रान्तिलाई अपराधिकरण गर्ने काम भएको टिप्पणी गरेका छन्। उनले आइतबार एक कार्यक्रममा भने,  'हाम्रो क्रान्तिलाई अपराधिकरण गर्ने काम भएको छ। बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने काम भएको छ। त्यो निर्णय गर्ने भनेको जिस्केको हो। सडकमा निस्किन सकिन्छ।'

सार्वजनिक सरोकारको रिट दायर गर्ने अधिकार अन्तर्गत सर्वोच्च पुगेको एक निवेदनमा प्रशासनले दरपिठ गरेको र त्यसलाई बदर गर्ने आदेश मात्र इजलासले गरेकाले यसलाई अन्यतिर जोडेर हेर्न नमिल्ने उनीहरुको टिप्पणी छ। प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डविरुद्ध रिट दर्ता गर्नु भन्ने आदेश भएकाले आम चासोको विषय भने बनेको देखिन्छ। 

कसरी भयो प्रचण्ड विरुद्ध रिट दर्ता गर्ने आदेश? 
कात्तिक २० गते सर्वोच्च अदालतमा द्वन्द्वपीडितहरुका तर्फबाट रिट दर्ताका लागि पेस भएको थियो। उक्त रिट लामो समय सर्वोच्च अदालतको प्रशासनमै अल्झियो। अन्तत: सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले दरपिठ गर्ने आदेश गरे। सर्वोच्च प्रशासनले द्वन्द्वकालीन मुद्दा र कुनै एक नेताले गरेकै भाषणकै भरमा मुद्दा दायर गर्न नसकिने भन्दै दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो।

मंसिर ४ गते निर्वाचन सम्पन्न भयो। उनीहरुले निर्वाचनमा उम्मेदवार हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रोक्नुपर्ने जिकिर गरेका थिए। सर्वोच्चले रिट दरपिठ गरेपछि अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचित हुँदै  प्रधानमन्त्री बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी विरुद्धको रिट सर्वोच्चमा एकपछि अर्को प्रक्रियामा अघि बढिरहेको थियो। द्वन्द्वकालमा पीडित भएका कल्याण बुढाथोकीदेखि ज्ञानेन्द्रराज आरण मौन बसेनन् । उनीहरुले इजलासमा निवेदन दिए। उक्त निवेदनमा शुक्रबार (फागुन १९) गते न्यायाधीशद्वय ईश्वर खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासबाट दरपिठको निर्णय बदर हुने आदेश भयो। 

के छ आदेशमा? 
सर्वोच्च अदालतको संयुक्त आदेशमा 'यसअघि सर्वोच्च अदालत प्रशासनबाट दरपिठ गर्ने भनी गरेको निर्णय मिलेको देखिएन' भनिएको छ। संयुक्त इजलासले दर्ता गर्ने प्रशासनको निर्णय पहिलोपटक बदर गरेको होइन। यसअघि विभिन्न सार्वजनिक सरोकारका रिट वा अन्य रिटहरुमा दरपिठ चित्त नबुझेपछि इजलासमा दिइएको निवेदनमा यस्तो आदेश हुने गरेको न्यायिक अभ्यास रहेको छ।

इजलासले ब्याख्या गर्नुपर्ने वा बोल्नुपर्ने विषय देखिएमा प्रशासनिक तहबाट त्यसलाई ब्याख्या गर्नु हुँदैन भनेर इजलासले दर्ता गर्ने आदेश गर्ने गरेको छ। शुक्रबार प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा यसैको निरन्तरता हो।

बुढाथोकीहरुले दर्ता गर्न ल्याएको रिटमा पनि सर्वोच्च प्रशासनले नभइ इजलासले किनारा  लगाउनुपर्ने देखिएकाले उक्त दरपिठ बदर हुने भनिएको छ। यो आदेशसँगै स्वत: रिट दर्ता हुने भएको हो। हत्याको जिम्मा लिनेदेखि मुद्दा चलाउनेसम्मका  विषयहरु र द्वन्द्वपीडितहरुले न्याय दिने कुरा समेत रिटमा उठेकाले इजलासले त्यसलाई ब्याख्या गर्नुपर्ने देखेर दर्ता गर्ने आदेश गरेको हो । 

के हुन्छ अब? 
सर्वोच्चको उक्त आदेश हालसम्म लिखित रुपमा सार्वजनिक भएको छैन। शुक्रबार अबेर आदेश भएको र शनिबार सर्वोच्च बिदा भएकाले आइतबार चिया समयपछि आदेश पक्षले दिने तयारी भइरहेको छ। पक्षले आदेश प्राप्त गरेलगत्तै त्यही आदेशको आधारमा रिट निवेदन दर्ता शाखामा  पेस गर्नेछन्। उक्त रिट विधिपूर्वक दर्ता हुनेछ। 

सर्वोच्च प्रशासनले त्यसलाई पेसी तोक्नेछ। सुरुमा यो विवाद एक न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। एकल इजलासले अघि बढाउन चाहेमा कारण देखाउ आदेशसहित उपयुक्त आदेश दिनेछ भने आवश्यक नठानेमा खारेज गर्न सक्नेछ। खारेज भएमा यसको च्याप्टर क्लोज हुनेछ। यदि कारण देखाउ आदेश जारी गरेमा भने प्रधाननमन्त्री प्रचण्ड लिखित जवाफसहित अदालत धाउनुपर्नेछ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रशाासनले गरेको दरपिठ बदर हुने आदेश हुने वित्तिकै पहाड नै खसेको जसरी आलोचना गर्न जरुरी नहुने बताए। 'यो एउटा न्यायिक प्रक्रिया मात्र भएकाले रिट दर्ता हुनु नै सबै कुरा समाप्त भयो, हाम्रा विरुद्ध षडयन्त्र भयो भनेर टिप्पणी गर्नुहुँदैन,' उनको भनाइ छ। अदालतमा मुद्दा परेपछि खारेज पनि हुन सक्ने र आदेश जारी हुनका लागि आधार र प्रमाणहरु पुग्नुपर्ने भएकाले गल्ती नगरेको अवस्थामा डराउन जरुरी नहुने उनलेे बताए। 

के छ रिटमा ?
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर गरिएको छ। 

रिट हाल्ने आरण द्वन्द्वपीडित हुन्। ओखलढुङ्गाका आरणले द्वन्द्वकालमा आफ्ना पिता गुमाएका थिए। द्वन्द्वकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले त्यस  समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन्।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्