काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा केही नयाँ काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याएका छन्। पुस १० मा प्रधानमन्त्री भएपछिका प्राय: भाषणमा उक्त अभिव्यक्ति दिइरहेका प्रचण्डले यही कुरा सहिद तथा बेपत्ता योद्धा सन्ततिका अगाडि पनि दोहोर्याएका हुन्।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएको हुनाले भन्ने भन्दा पनि गर्ने कुरा छ। यो पटक गरेर देखाउने विचार छ। मैले गरिरहेको छु भन्ने बुझ्नु होला। म लडिरहेको छु।’
उक्त कार्यक्रममा पूर्व माओवादीका शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका छन्। नेताहरु बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धमेन्द्र बाँस्तोला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।