काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले असफल भइसकेको तत्कालीन पाँचदलीय गठबन्धनलाई ब्युँत्याउन प्रचण्ड लागि परेको टिप्पणी गरेका छन्। २४औँ यदु स्मृति दिवसको अवसरमा बोल्दै महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन्।
पोखरेलले जनताले अस्वीकार गरेको गठबन्धनलाई ब्युँत्याएर प्रचण्ड विदेशीलाई फाइदा पुर्याउन लागि परेको पनि बताएका छन्।
‘जनताले पाँचदलीय गठबन्धन अस्वीकार गरेका थिए। उक्त गठबन्धनले बहुमत गुमाउन पुगेको थियो। तर पुष्पकमल दाहाल असफल भएको गठबन्धन ब्युँत्याउने ध्याउन्नमा लाग्नु भयो,’ महासचिव पोखरेलले भने, ‘एमालेसँगको नयाँ समीकरण भत्काउने चाहना जनताको लागि होइन। विदेशीहरुको लागि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।