काठमाडौं– माओवादी युद्धका मुख्य नेताहरु लामो समयको अन्तरालपछि एउटै मञ्चमा देखिने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताइरहेका बेला ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ले नेताहरुलाई एकै मञ्चमा ल्याउने प्रयास गरेको हो।
शान्ति प्रक्रियापछि सैद्धान्तिक तथा वैचारिक मतभेदका कारण फरक-फरक ठाउँमा पुगेका नेताहरु आइतबार प्रज्ञा भवनमा हुने कार्यक्रममा सँगै देखिने उक्त प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, जनता नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण, नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा माओवादीका संयोजक कर्णजित बुढाथोकी सहभागी हुनेछन्।
फाउन्डेसनले कार्यक्रममा जनयुद्ध, नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदानका बिषयमा अन्तर्क्रिया हुने जनाएको छ। जहाँ नेता तथा सहभागीहरुले आफ्ना धारणाहरु राख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।