काठमाडौं- ओखलढुंगाको दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बिहान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना भएको हो।
दियालेबाट ओखलढुंगा सदरमुकामतर्फ जाँदै गरेको जिप दुर्घटना भएको र घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनाका घाइतेहरूलाई हेलिकोप्टरमार्फत उद्धार गने कार्य सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।