काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ।
समाजवादीका नेता समय रहेका उपाध्याय शनिबार दिउँसो शंखमुलस्थित एक होटलको छैठौं तलाबाट खसेका थिए। उनलाई तत्काल उपचारका लागि उद्धार गरी सिभिल अस्पताल पुर्याइएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि अन्नपूर्ण अस्पताल पुर्याइएकोमा त्यहाँ उपचारका क्रममा उनको निधन भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।