• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव

64x64
नेपाल लाइभ शनिबार, फागुन २०, २०७९  १८:०१
1140x725

काठमाडौं– विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो। उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो।

माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए। दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए।

फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो। जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पर्थ्यो। त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो। माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो।

आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो।

मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो। त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो।

होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए। उनले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गरे।

होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ। सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताए। विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो।

मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए। उनले भने, ‘विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो। तराई–मधेशवासीहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ–आफ्नो ठाउँमा जान्छन्। आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए। आयोगका अध्यक्ष डा दत्तले भने, ‘यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ।’

सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपु¥याएसम्म एकताको भावना विकास हुँदैन। हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ।’

समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियो। समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ। यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन। मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो।

कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए। ‘जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौं’, डा दत्तले भने, ‘काठमाडौं सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो।

Xtrem

Xtrem

सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो। मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गरे।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्