• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आरन व्यावसायीलाई कोइला अभाव

64x64
रासस शनिबार, फागुन २०, २०७९  १४:२४
1140x725

रामपुर– विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ। यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो।

विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो। हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन्। यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन्।

पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गरे। बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उनी बताउँछन्।

गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उनले बताए। ‘आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो’, उनले भने, ‘किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ।’

उनले अहिले कोइला किनेर दुःखसुखले पुर्ख्यौली व्यवसाय धानिरहेका छन्। हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउँछन्। पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उनले तयार पार्छन्। उनले न्यूनतम दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्छन्। उनी यस व्यवसायबाट मासिक ३० हजार बराबरको कमाई गर्दै आएका छन्। 

उनी भन्छन्, ‘बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन्।’

अहिले उनले भैँसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहेका छन्। व्यवसायमा वेल्डिङ्ग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न सङ्घसंस्थाबाट उनले सहयोगको अपेक्षा गरेका छन्। सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राखेका छन्।

उनले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहेका छन्। विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्छन्। गाउँघरमा लोप हुँदै गरेको यस व्यवसायमा आफू सन्तुष्ट रहेको उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहेका छन्। अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको उनले अनुभव सु्नाए। उनले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहेका छन्।

रामपुर नगरपालिका–५ सुन्दरटोलका ६५ वर्षीय इन्द्रबहादुर विक पनि यस व्यवसायमा संलग्न छन्। उनी घरको एक छेउमा जस्तापाता लगाएको छानोमुनि बसेर आरनको काम गर्छन्। उमेर बुढ्यौलीपन लागे पनि समुदायबाट यो व्यवसाय लोप हुँदै गएकामा उनी चिन्ता व्यक्त गर्छन्। विकले यो व्यवसाय साढे चार दशकदेखि निरन्तर धान्दै आएका छन्। घरमै बसेर एक महिनामा २० हजारदेखि ३० हजारसम्म कमाउन सकिने उनले बताए। 

उनले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्छन्। हातले कुँदेर बनाइएको कोदालो, बञ्चरो आकार हेरेर ६ सयदेखि एक हजार, हँसिया एक सयदेखि तीन सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए। पहिले गाउँमा प्रशस्त मात्रामा कोइला पाउँदा व्यवसाय सजिलोसँग धानिए पनि अहिले भने कोइला पाउन गाह्रो हुँदा सबैले छाड्दै गएको विक बताउँछन्। 

‘घरपिच्छे आरन चल्थ्यो, कोइला गाउँमा जताततै सित्तैमा पाइन्थ्यो, व्यवसाय चलाउन समस्या थिएन, कोइला बिना आरन चल्दैन, कोइलामा लगानी गर्नुपर्दा व्यवसायीलाई समस्या थपिएको छ’, उनले भने। 

Xtrem

Xtrem

गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन्। विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन्। स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ। घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै कमाउन सकिन्छ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्