काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति, राजनीतिक जागरण, राजनीतिक परिवर्तन, राजनीतिक रुपान्तरणको विकास गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राजनीति नै पछाडि परेकाले अरु क्षेत्र पनि पछि परेको बताए।
‘एमाले जस्तो पार्टी, जो देश बनाउँछ, देशका लागि लड्छ, त्यस्तो पार्टी चुनावमा हार्छ, हार्ने स्थिति छ, बहुमत ल्याउँदैन भने राजनीति कहाँ छ भन्ने थाहा पाउनुपर्यो। जनताको चेतना कहाँ छ भन्ने थाहा पाउनुपर्यो’, उनले भने।
आफ्नो तर्कलाई पुष्टि गर्न ओलीले दुई उदाहरण पनि अघि सारेका थिए। उनको भनाइ थियो, ‘कुनै मान्छेचाहिँ पाँच फिटको छ भने उसले मेरो खुट्टा किन ६ फिट लामो भएन भनेर हुन्छ? तौल नै ५० केजी छ भने मेरो हातको तौल ४५ केजी किन भएन भनेर हुन्छ? हरेक चिज एक अर्कामा ‘रिलेटेड हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।