काठमाडौं- सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बाँडफाँट भएको छ।
२२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्शासन तथा बिक्री खुला गरिएकोमा एक करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन परेको थियो।
सर्वसाधारण आवेदकहरूले गोला प्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन्।
कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो।
सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।