काठमाडौं– काठमाडौंको सुकेधारमा अवस्थित बागमती कलेजमा ७औँ बागमती विज्ञान तथा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। बागमती कलेज र विद्यालयको संयुक्त आयोजनामा उक्त पदर्शनी भएको हो।
उक्त पर्दशनीको निर्वतमान शिक्षामन्त्री तथा काठमाडौं–६ का सांसद शिशिर खनालले अवलोकन गरेका थिए। पदर्शनीको अवलोकनपछि खनालले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइलाई मद्दत गर्ने, आफ्नो रुचीको विषयलाई थप पहिचान गर्न सहयोग पुर्याउने बताए।
‘यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिकाइलाई मद्दत गर्छ। उनीहरुको सिपलाई पहिचान गर्न थप मद्दत गर्छ। यस किसिमका कार्यक्रमहरू विद्यालयहरुले समयसमयमा गरिरहनु पर्छ’, निवर्तमानमन्त्री खनालले भने।
पर्दशनीमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले विज्ञानका विविध विषयहरूमा तयार पारिएका ४० वटा स्टल राखिएको थियो। कार्यक्रमको अवलोकन गर्न काठमाडौंका ३५ विद्यालयका करिब ५ हजार विद्यार्थीहरू सहभागी भएका कलेजका प्राचार्य नारायण सिटौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।