मुम्बई- आफ्नी आमाको हालखबर सोध्न गएका बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीलाई उनका भाइले रोकेका छन्। बर्सोवास्थित घर पुगेका उनलाई भाइ फैजुद्दीनले बाहिरै रोकेका हुन्।
भाइसँग बस्ने उनकी आमा केही समयदेखि बिरामी छिन्। बिरामले निकै च्यापेको थाहा पाएपछि उनी भेट्न गएका थिए तर भेट्न नपाई फर्किएका छन्।
डाक्टरले आफ्नी आमालाई आराम जरुरी रहेको बताएकाले भेट्न नदिएको फैजुद्दीनले बताएका छन्। उनी भन्छन्, 'नवाजलाई उनकी पूर्वपत्नी आलियाले बलात्कार आरोपमा मुद्दा दर्ता गराएकी छिन्। जसका कारण आमा तनावग्रस्त हुनुहुन्छ। नवाजलाई भेटाएर थप तनाव बढाउन नखोजिएको हो।'
नवाजसँग उनका भाइहरुको सम्बन्ध सुमधुर छैन। उनका भाइमध्ये एक शमासका अनुसार नवाजुद्दीन जे बाहिर देखिन्छन्, भित्र त्यो होइनन्। उनी भन्छन्, 'उनी राम्रो कलाकार हुन् तर राम्रो भाइ वा श्रीमान् होइनन्।'
नवाजुद्दीन त्यस्तो कठिन व्यक्ति हुन्, जसलाई बुझ्न नसकिने उनी बताउँछन्। समयसँगै मान्छेलाई छाडिदिने गरेको उनको दाबी छ। पूर्वपत्नी आलिया र आफू उदाहरण भएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।