काठमाडौं– फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ। आगामी वैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ।
टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ। बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ।
फिल्ममा धिरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ।
यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ।कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन्।
फिल्म ‘आई एम ट्वान्टी वान’ले एक युवाको डान्सको सपना प्रस्तुत गरेको छ। आईकोर फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।