काठमाडौं– शुक्रबारबाट हलहरूमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन्।
निगम श्रेष्ठ निर्देशित फिल्म ‘छड्के २’ र हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका हुन्। दुवै फिल्म चर्चित ब्यानरका हुन्।
‘छड्के २’मा अनमोल केसीको मुख्य अभिनय छ भने ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, बुद्धि तामाङ र केदार घिमिरे लगायतका चर्चित कलाकारको मुख्य अभिनय छ।
अनमोल र दीपकराजले दुवै फिल्मलाई लिएर शुभकामना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।