काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले आगामी चैत्र ५ गतेदेखि ७ गतेसम्म हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि निर्वाचन संयोजन तथा वार्ता समिति गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि समिति गठन गरिएको हो।
उक्त समितिको संयोजकमा घनश्याम भुसाललाई तोकिएको छ। समितिका सदस्यहरुमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम रहेका छन्।
यस्तै स्ववियु् निर्वाचन परिचालन समितिको जिम्मेवारी भने रामकुमार भट्टराईलाई दिइएको छ। यस्तै पिताम्बर तिमिल्सिनाको संयोजकत्वमा १००१ सदस्यीय स्ववियु निर्वाचन स्वयम्सेवक परिचालन समितिसमेत गठन गरिएको छ। जसको सहसंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह रहेका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।