काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली टिमलाई बधाई दिएका छन्।
बिहीबार यूएईमाथि सनसनीपूर्ण जित निकालेको यू–१९ टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्। उनले बधाई दिँदै देशको गौरव बढाउन र नेपालको ख्याती विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरुले योगदान दिएको भन्दै प्रशंसासमेत गरेका छन्।
उनले भने, ‘श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।