काठमाडौं– नेविसंघका इतर पक्षका नेता हरि आचार्य र नेविसंघ पूर्व केन्द्रीय सदस्य शिव रिमालमाथि संस्थापन पक्षबाट आक्रमण भएपछि इतर पक्षले नेविसंघको केन्द्रीय कार्यालयमा तोडफोड गरेको छ।
बिहीबार त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि छलफलका क्रममा संस्थापक पक्षले पदम भट्टराईलाई सहभागी गराउन खोज्दा अवरोध गरेको थियो।
नेविसंघ केन्द्रीय पदाधिकारी नभएको र रिक्त भएको भन्दै संस्थापक इतर पक्षले बैठकमा सहभागी हुन नदिएपछि विवाद भएको थियो।
विवाद भएसँगै नेविसंघ इतरपक्षका नेता हरि आचार्यले भट्टराई र रिमाललाई विवाद मिलाउन भन्दै टौदहमा लिएर छलफल गराएको नेविसंघ इतरपक्षका एक नेताले जानकारी दिए।
दुवै पक्षबीच छलफल भइरहँदा अध्यक्ष डुजाङ्ग शेर्पाले गुण्डाहरू खटाइ पछाडिबाट आक्रमण गर्दा नेता आचार्य र रिमाल घाइते भएका थिए।
अहिले आचार्य र रिमालको अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनापछि आक्रोशित हुँदै इतर पक्षले नेविसंघको केन्द्रीय कार्यालय तोडफोड गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।