काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई पछि निर्णय दिने बताएको छ।
मत माग्न केन्द्रीय कार्यालय बसुन्धारा पुगेका नेम्वाङसहित एमाले नेताहरूलाई छलफल गर्न बाँकी रहेको बताइएको महामन्त्री मुकुल ढकालले बताए।
नेम्वाङसँगको भेटपछि ढकाललेभ भने, ‘उहाँ राष्ट्रपतिका लागि उपयुक्त पात्र हो भन्नेमा संकोच छैन। पार्टीले निर्णय गर्न बाँकी छ। त्यसैले निर्णय आज नै गर्न सकिदैन भन्यौं।’
राष्ट्रपतिमा कसलाई भोट दिने भन्ने विषयमा आफ्नै केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्ने बताए। त्यहाँबाट उक्त विषयमा निर्क्योल निकाल्ने बताउँदै उनले दुवै उम्मेदवारले देशका लागि राम्रो काम गरेको आफ्नो बुझाइ रहेको बताए।
नेम्वाङले संविधान सभामा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सकारात्मक रहेपनि यस विषयमा राजनीतिक र रणनीति निर्णय लिनुपर्ने आफूहरूले ठानेको उनको भनाइ छ।
पुस १० गतेको सहमतिको साक्षी आफ्नो दल पनि भएकाले त्यस विषयमा समेत भेटमा चर्चा भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।