काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने बताएका छन्।
८ दलीय गठबन्धनका सांसदहरुलाई बिहीबार काठमाडौंमा राष्ट्रपति निर्वाचनसम्बन्धी अभिमूखीकरण कार्यक्रमपछि बाहिरने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।