काठमाडौं– राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेवारलाई मत दिन अनुरोध गर्दै नकेपा एमालेका नेताहरू पहिलोपटक एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन्।
एमाालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङको पक्षमा उभिन उनीहरुले आग्रह गरे।
उपाध्यक्षहरु विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितको टोली नेकपा एसको कार्यालय पुगेको थियो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितसँग उनीहरुले मत मागेका थिए।
‘राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीको कार्यालयमा पहिलो पटक आएर भेटेका छौं’, गुरुङले भने, ‘अहिले पार्टी एकता पनि गर्ने चुनौतीकाबिचमा अवसर समेत प्राप्त भएको कुरा हामीले राखेका छौं।’
उनले आफ्नो दलले अघि सारेको उम्मेदवार नेम्वाङलाई मत मागेको र दुई पार्टीलाई एकता बनाउने कुरा राखेको उनले बताए।
‘अब पार्टी एकता गराउनुपर्ने कुरा हामीले राखेका छौं’, गुरुङले थपे, ‘यो चुनौतीकाबीचमा अवसर प्राप्त भएको छ। यसलाई अघि बढाउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।