धनगढी– कैलालीका उद्योगी व्यवसायीले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका छन्।
बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन्।
उद्योगी व्यवसायीहरुले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैङ्कको ब्याजदरमा एकरूपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’ लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउने विषयमा मौन बसेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।