काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचनमा संयुक्त विद्यार्थी संगठनहरूले एक जुट भएर जाने निर्णय गरेका छन्।
बुधबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गते हुने निर्वाचनमा सहकार्य गरी अघि बढ्ने निर्णय गरेको नेविसंघका केन्द्रीय नेता दिनेश शाहीले जानकारी दिए।
नेता शाहीले तीनवटा विद्यार्थी संघठनको बैठकले मुख्य तीनवटा निर्णय गरेको जानकारी दिए। बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको, स्ववियु निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्नुका साथै स्ववियु निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको जानकारी दिए।
यसअघि तीनवटा विद्यार्थी संगठनका तर्फबाट कार्यदल बनेको थियो। कार्यदलको सुझावका आधारमा सहकार्यसहित अघि बढ्ने निर्णय गरेको शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।