काठमाडौं– पत्रकारहरुको हक हितका लागि संघर्षरत श्रमजीवी पत्रकार संघलाई अन्तर्राष्ट्रिय सेवा पुरस्कार–२०२३ प्रदान गरिने भएको छ।
अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको हो।
श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले ‘अन्तर्राष्ट्रिय सेवा पुरस्कार–२०२३’द्वारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जनाइएका छन्।
संस्थाका महासचिव दिपेश लामाका अनुसार श्रमजीवी पत्रकार संघ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्या दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रुपमा सम्मान गर्न लागिएको हो।
संस्थाले २० हजार रकम र ताम्रापत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ। श्रमजीवी–पत्रकार संघ स्थापनाको २ वर्षमै करिब २६ वटा सञ्चारगृहका पीडित श्रमजीवी पत्रकारहरुको न्यायका लागि पहल गरेको र श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यपक्षसँग निरन्तर दबाब दिँदै आएको छ।
साथै श्रमजीवीहरुलाई आत्मनिर्भर बनाउन मिडिया नै आत्मनिर्भर हुनुपर्नेलगायतका मुद्दा उठाउँदै आएको छ। श्रमजीवी पत्रकार संघसहित अन्य सञ्चार सम्वद्ध १० वटा संस्थाहरुलाई पनि सम्मान गर्ने महासचिव लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
ती सम्मानित संस्थाहरुमा आदिवासी जनजाती पत्रकार महासंघ, शिक्षा पत्रकार समूह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन्। सम्मान आगामी बैशाख ७ गते प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।