काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको ५१औं बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता जगनाथ खतिवाडाले भने, ‘पार्टीको केन्द्रीय सचिवालयको ५१औं बैठक बस्यो। बैठकले एक मात्र निर्णय गरेको छ’, उनले भने, ‘त्यो निर्णय भनेको आठ दलका राष्ट्रपतिका साझा उम्मेद्वार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्नेछ।’
प्रवक्ता खतिवडाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल गर्ने बताए। उनले पार्टीभित्र सरकार जाने भन्ने कुराबारे चर्चा नभएको बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिठ्ठी लेखेर भेटघाटको वातावरण बनेको चाहिँ दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।