काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सरकारले चाँडै नै संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए।
उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको दाबी गरे। यादवले संघीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए।
अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठेपनि अब सम्भव नरहेको उल्लेख गरे। यादवले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुनै नसक्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।