काठमाडौं– प्रदेश १ को नाम टुंग्याउनका लागि लाागि प्रदेश सभा बैठक सुरु भएको छ। प्रदेश सभामा दुई वटा प्रस्ताव दर्ता भएका छन्।
नेकपा एमालेले कोसी प्रदेशको प्रस्ताव गरेको छ। एकीकृत समाजवादी र जसपाले किराँत–लिम्बुवान–सगरमाथा प्रदेशको प्रस्ताव गरेको छ।
सुरुमा नेकपा एमालेको प्रस्तावमा नेपाली कांग्रेसले पनि सर्मथन गरेको थियो। तर दलभित्र विवाद भएपछि फिर्ता लिएको छ।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।