काठमाडौं– प्रदेश १ को नाम टुंगो लगाउनका लागि प्रदेश सभा बैठक सुरु हुने तयारी हुँदै गर्दा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेका हुन्।
प्रदेश सभामा नामका लागि दुई वटा प्रस्ताव दर्ता भएका छन्। एमालेले कोशी प्रदेशको नाम अघि सारेको छ भने एकीकृत समाजवादीले किराँत लिम्बूवान सगरमाथा प्रदेशको नाम अघि सारेको छ। दुईवटा नाममध्ये एउटामा मतदान गरेर टुंग्याउने तयारी प्रदेश सभाले गरेको छ।
बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।